d

छत्रपति-जलवर्षा मतदातामाझ रमाउदै भोट माग्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा, बैशाख २१
विकासका योजनाकार छत्रपति सुवेदी गौरादह नगर प्रमुखको उम्मेद्वार बनेसँगै आम नागरिक उत्साहित बनेका छन् । हरेक दिन सयौ ब्यक्तिहरु उनी सहितको टोलीमा नाच्दै गाउदै भोट माग्दै हिडेका छन् । नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेद्वार सुवेदीको पक्षमा जनलहर बढ्दै गएको हो । विकास निर्माणमा एमालेले गरेको नेतृत्व वडाको नेतृत्वमा रहेका एमाले नेताहरुको पहलमा भएको विकास निर्माणका कारण पनि उनको पक्षमा जनता खुलेर लागेका हुन् ।
गौरादह ४ र ५ को चुनावी दौडाह सकेर आज गौरादह ३ मा मतदाताले अभूतपूर्ण सद्भाव देखाएका थिए । मेयरका उम्मेद्वार सुवेदीले एमालेकै नीति र नेतृत्व भए मात्रै मुलुकले सम्बृद्धि हासिल गर्ने बताए । एमालेकै पहलमा मुलुकमा विकासको लहर छाएको छ, उनले भने, गौरादहमा एमालेको नेतृत्व नहुँदा विकास निर्माणले गति लिन सकेन्, अब एमालेले नै नगर सबल र सम्बृद्ध बनाउने जिम्मेवारी लिने छ । सुवेदीको नेतृत्वमा रतुवा नदी तटबन्ध, गौरादह ५ मा सडकहरु उच्चस्तरी ग्राभेल, कालोपत्रे भएका थिए । गौरादह ५ का वडा अध्यक्षका उम्मेद्वार जग्गनाथ खनाल भन्छन्, सही भिजन र नेतृत्वले मात्रै विकासलाई नेतृत्व गर्न सक्छ, तलब भत्ता मात्रै बुझ्ने नेतृत्व छानेका कारण नगरको विकास ५ बर्ष पछी धकेलियो ।
एमालेले उपप्रमुखमा जलबर्षा राजबंशीलाई मैदानमा उत्रारेको छ । आदीबासी राजबंशी समुदायकी उनले गठबन्धनका नाममा महिलालाई फेरि पछी पार्ने खेल शुरु भएको बताइन् । नेतृत्वमा महिलालाई आउन नदिने नियत देखियो, संविधानप्रदत्त अधिकार कुण्ठित पारिदै छ, उनले भनिन्, महिलाको नेतृत्व भए मात्रै महिलाको शसक्तिकरण सम्भव हुन्छ । उनले आदीबासी, महिला, अल्पसंख्यकको अधिकार संरक्षणका लागि पनि एमालेकै नेतृत्व आवश्यक रहेको बताइन् । लामो समयदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल उनी गौरादह नगरपालिकाको कार्यपालिका सदस्य थिइन् ।

Views: