d

गौरादह चामल काण्ड: राप्रपाले बनायो चुनावी मुद्दा, प्रतिवाद गर्दै विपक्षी उम्मेदवार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 पर्दाफास / बैसाख २३ /झापा: झापाको गौरादह नगरपालिका कृषिमा आस्रित नगरपालिका हो । 
८० बिघाको सामुहिक खेतीले मुलुकभर चर्चा पाउने यस नगरपालिकामा  धान र मैकैको राम्रो उत्पादन हुन्छ । फराकिलो भूगोल रहेको यस नगरपालिकाको जनजीवन सामान्यतया कृषि र पशुपालनमा आधारित छ । 
यति मात्र होइन यहाँ आयोजना गरिने सभा सम्मेलनमा समेत वक्ताहरूले कृषि संग सम्बन्धित विषयलाई नै प्राथमिकता दिने गरेको पाइन्छ । 

हिजोआज स्थानीय निर्वाचनको गर्मी बढेको बेला गौरादह नगरपालिका परिसरमा गाडिएको ५ हजार किलो चामलले उच्च प्राथमिकता पाएको देखिन्छ । 

 

के हो चामल काण्ड?

कोरोना महामारीको समयमा दाताहरूबाट संकलन गरिएको चामल गोदाममै कुहिएको अवस्थामा पत्रकारहरुले फेला पारेका थिए । स्थानीय सञ्चार माध्यमले दैनिकजसो हेडलाईन न्युजको रूपमा चामल कुहिएको बिषयको समाचार छापेपछि  नगरपालिकाले गुपचुप गरि आफ्नै कार्यालय परिसरमा जेसिबीले खाडल खनेर करिब ५ हजार किलो चामल गाडेको थियो । 
कोरोना महामारीको बेला गरिव र बिपन्न समुदायले खान पाउनुपर्ने चामल गोदाममै कुहाएर अन्ततः खाडल खनेर गाड्नु निन्दनीय भएको भन्दै उक्त घटना राष्ट्रिय बहसको विषय समेत बन्यो ।  

चामल गाडिएको बिषयमा मुख्यगरी नगर कार्यपालिका दुई ठाउँमा चुकेको देखिन्छ । कोरोना महामारीको समयमा नगद र जिन्सी सामान के कति संकलन गरियो भन्ने विषयमा हिसाब किताब गुपचुप पारिएको छ त्यस्तै गाडिएको भनिएको चामलको खाद्यान्न जांच गर्ने प्रयोगशालामा स्याम्पल परिक्षण गरिएको समेत देखिदैन। त्यतिमात्र होइन उक्त घटनाको विरोध गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीयलाई  प्रहरी प्रशासन प्रयोग गरेर आन्दोलन दवाउन प्रयास गरिएपछि नगरप्रशासन उपर थप आशंका समेत पैदा भएको थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदका उम्मेद्वार गोपाल पौड्यालले आफ्नो पहिलो भाषणमै चामल गाडिएको बिषयमा चर्को बिरोध गरेका थिए। नोमिनेसन गर्न जानु पुर्व डिपुचोकमा आयोजित कोण सभामा   पौड्यालले  चामल गाडिएको विषय गम्भीर भएको धारणा राखेका थिए भने राप्रपा समर्थकहरुले नगरपालिका पुग्ने वित्तिकै "चामल गाड्न पाइदैन, भ्रस्टाचारी चाहिदैन" भन्दै नारावाजी गरेका थिए।  

आफू सञ्चारकर्मी समेत भएको र चामल काण्ड भएको समयमा आफू व्यक्तिगत कामले मुलुक बाहिर रहेको बेला परेको भन्दै हिसाब किताब लुकाएर खाद्यान्न गाड्नुलाई आपराधिक कार्यको संज्ञा दिएका छन् । 'त्यो बेला म गौरादह आउन भ्याइन, तर पनि साथीहरुले चामल काण्डको प्रतिवाद गर्नु भएको घटनालाई सूक्ष्म अध्ययन गरेको थिएँ।', पौड्यालले भने । 

पौड्याल मात्र होईन राप्रपाका अधिकांश नेताहरूले चामल काण्डलाई चुनावी मुद्दानै बनाएका छन् । त्यतिमात्र होईन राप्रपाले आफ्नो प्रतिबद्धता पत्रको १ नम्बर बुदामै चामल काण्डमा यथार्थ कुरा पत्ता लगाउन निस्पक्ष छानबिन समिति गठन गर्ने तथा दोषी पत्ता लगाई कार्वाहीको लागि सिफारिस गर्ने भनिएको छ। 

एमालेको चुनावी कार्यक्रममा समेत हिजोआज चामल गाडिएको बिषयले प्राथमिकता पाउने गरेको छ । एमालेका मयर पदका उम्मेद्वार छत्रपती सुवेदीले नगर प्रमुख रोहित कुमार साहको गैरजिम्मेवारीका कारण चामल गाड्नु परेको भन्ने गरेका छन् । 

उता गठबन्धन तर्फका मेयरका उम्मेद्वार रोहित कुमार साह उक्त विषयको प्रतिबाद गर्दै कार्यपालिकाले निर्णय गरेर नै चामल गाडिएको तर्क गर्छन् ।

Views: