d

राप्रपा गौरादह: को हुन् मेयरका उम्मेदवार गोपाल पौड्याल?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकामा गोपाल पौड्याललाई राप्रपाले मेयर पदमा उम्मेदवार बनाएको छ । गौरादह नगरपालिका वडा न ४ मिलनचोक स्थायी बसोबास रहेका पौड्याललाई  उम्मेदवार बनाएको हो । प्रारम्भिक शिक्षा: जनता मा. वि. बाट २०४७ सालमा एस एल सी पास गरेका उनले गौरादह क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहको अध्ययन गरेका हुन् । महेन्द्र मोरङ बिराटनगरबाट स्नातक तह अध्ययन गरेका उनले त्रिभुवन विश्वविध्यालय बाटै समाज शास्त्र र पत्रकारिता विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन् ।  
पेशा व्यवसायको सिलसिलमामा काठमाण्डौ बस्दै आएका पौड्याल विगत ३\४ वर्ष देखि गृह नगर गौरादहमै बाक्लो रुपमा बस्दै आएका छन् ।  गौरादह ४ मा रहेको आफ्नै पुर्ख्यौली जमीनमा बंगुर पालन व्यवसाय समेत संचालन गरेका पौड्यालको मुख्य पेशा पत्रकारिता हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित केन्द्रीय सदस्य समेत रहेका पौड्याल मीडिया नेपालका केन्द्रीय अध्यक्ष हुन् ।   स्टार.एफ. एम र हाम्रो खबर डट कम का प्रबन्ध निर्देशक हुन् । विगत २ दशक देखि संचार क्षेत्रमा सशक्त कलम चलाउदै आएका पौड्याल विशेष गरी सरकारी निकायमा हुने भ्रस्टाचार सम्वन्धी विषय र आपराधिक विटका न्यूजहरुमा खोजपत्रकारिता गर्ने गर्दछ्न् । पछिल्लो १ दशक देखि निरन्तर रुपमा सञ्चार उद्यमीको रुपमा कार्यरत रहेका पौड्यालको लगानी रहेको स्टार एफ. एम. ले सञ्चारकर्मी उत्पादन गर्दै धेरैलाई रोजगारी समेत प्रदान गरेको पाईंन्छ । काठमाण्डौ उपत्यका सहित पूर्वका दुई ठूला शहर धरान र दमकमा समेत स्टेसन राखी छुट्टै सेवा प्रदान गर्दै आएको स्टार एफ एम निकै चर्चित र लोकप्रिय रेडियोको रुपमा परिचित छ । 

 

जन्म: २०२८ साल 
माता-पिता: पर्शुराम पौड्याल-चन्द्रमाया
दाजुभाइ: ३ भाइ (कान्छो भाइ)
दिदिबहिनी: २ दिदिहरु

शिक्षा 
प्रारम्भिक शिक्षा: जनता मा. वि. SLC २०४७
प्रवीणता प्रमाणपत्र तह.: गौरादह क्याम्पस 
स्नातक तह: महेन्द्र मोरङ बिराटनगर 
स्नातकोत्तर: समाज शास्त्र / पत्रकारिता

सञ्चार उद्यमी
रेडियो नेपाल घटना र विचार 
सम्पादक: निस्कर्ष साप्ताहिक पत्रीकाबाट पत्रकारिता शुरुगरी स्टार एफ. एम. को प्रवन्ध निर्देशक (काठमाडौ, धरान, दमक)

प्रवन्ध निर्देशक: हाम्रो खबर डट कम

लाइन्स कल्ब इन्टरनेशनल District 325 ए2 अन्तर्गत अध्यक्ष: लायन्स क्लब व्हाइट हाउस जोन चेयर पर्सन/ रिजन चेयर पर्सन ( चिफ एरिया कोअर्डिनेटर हुँदै District media coordinator)  

एफ. एम. को छाता संगठन रेडियो ब्रोड्कास्टर्स फोरम नेपाल महासचिव 

मिडिया नेपाल: केन्द्रिय अध्यक्ष 
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन: केन्द्रिय अध्यक्ष 
राप्रपा: निर्वाचित केन्द्रिय सदस्य
सल्लाहकार: झापा-काठमाडौ सरोकार समाज
विदेश भ्रमण: युरोप, अमेरिका, चीन, भारत

Views: