d

राप्रपा उम्मेदवार अधिकारी सडक दुर्घटनामा परि घाइते 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य तथा आसन्न निर्वाचनमा झापाको गौरादह वडा न. ७ को खुल्ला सदस्य पदका उम्मेदवार जीवनचन्द्र अधिकारी  सडक दुर्घटनामा परि सख्त घाइते भएका छन्।  शुक्रबार बिहान १०:३० बजेको समयमा पाडाजुगी-गौरिगंज सडकखण्ड अन्तर्गत गुराँस चौकमा आफू सवार मोटरसाइकल दुर्घटनामा परि घाइते भएका हुन्।  

गौरादह डिपुचोकबाट घर फर्किने क्रममा अधिकारी सवार स्कुटर संग विपरित दिशाबाट आएको मोटरसाइकल ठक्कर खाएको स्थानियले बताएका छन्।  

दुर्घटनामा परि उनको दायाँ खुट्टा भाचिएको र अर्का मोटरसाइकल सवार गौरादह ८ बस्ने दिप बिष्टलाई भने हत्केलामा सामान्य चोटलागेको बताइएको छ।   

सामान्य उपचार पश्चात विष्ट घर फर्किएका छन्।  घाइते अधिकारीको दमक अस्पतालमा उपचार भईरहेको जनाइएको छ।     

Views: