d

मैले कति विकास गरेको छु भन्ने थाहा पाउन वडा न. ५ मा गएर हेरे हुन्छ - छत्रपति सुवेदी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका प्रत्यासी उम्मदेवार छत्रपति सुवेदीले गौरादहमा के कति विकास भएको छ भन्ने थाहा पाउन आफुले नेतृत्व गरेको वडा भ्रमण गर्न आग्रह गरेका छन्।  गौरादह जेसिज द्वारा शनिवार जनता मा वि. मा आयोजित ककस कार्यक्रममा प्रश्नकर्ताले राखेको जिज्ञासाको जवाफ दिंदै वडा न. ५ का निवर्तमान वडाध्यक्ष छत्रपति सुवेदीले यसो भनेका हुन्।  

सुवेदीले भने, 'तपाईं संग समय छ भने त्यहाँ पुगेरै हेर्नुहोस, नत्र गुगल बाट भए पनि हेर्न सक्नु हुन्छ।'

गौरादहमा विकास हुदैँ भएन भन्नेहरुलाई एकपटक आफ्नो वडामा स्थलगत रुपमा भ्रमण गरेर हेर्न आग्रह गरेका छन्।  नेता सुवेदीले आफूमा भएको योग्यता, अनुभव र क्षमतालाई प्रयोग गरेर नगरको सर्वाङ्गिण विकासमा योगदान पुर्याउनकै लागि मेयर पदमा उम्मेद्वारी दिएको समेत बताएका छन्।  
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीक मेयर पदका प्रत्यासी गोपाल पौड्याल, नेपाली कांग्रेसका रोहित कुमार साह र उन्नत लोकतान्त्रिक पार्टीका मेयर पदका उम्मेदवार मिलन श्रेष्ठले प्रश्नकर्ताको जिज्ञासाको जवाफ प्रस्तुत गरेका थिए।   

Views: