d

राप्रपा नेता राम थापाको स्वास्थ्यमा सुधार, अस्पताल बाट घर फिर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश १ अध्यक्ष तथा गठबन्धन तर्फबाट दमक नगर प्रमुखका प्रत्यासी उम्मेदवार राम थापाको स्वास्थ्यमा सुधार आएको छ।  बुधवार अचानक अस्वस्थ हुनुभएका नेता थापाको उपचार बिपी कोइराला धरानमा भएको र स्वास्थलाभ भएसंगै अस्पतालबाट डिस्चार्ज भएर वहाँ घर फर्कनु भएको हो।  

पछिल्लो समय चुनावी प्रचारप्रसारमा व्यस्त रहनुभएका थापाको स्वास्थ्यमा सामान्य समस्या देखा परेको बताइएको छ।  

मधुमेह सम्बन्धी समस्याबाट पिडित नेता थापालाई  शुरुमा सामान्य ज्वरो आएको तथा डाइरिया समेत चलेको थियो।  चिकित्सकहरुको रिपोर्ट अनुसार वहाँको सुगर लेभल घटेको तथा प्रेसर सम्बन्धी समस्या रहेको छ। 
स्वास्थ्य जाँचबाट वहाँलाई एपेन्डिक्स (एपेण्डिसाइड) सम्बन्धी समस्या देखिएको र अप्रेसन गर्नुपर्ने अवस्था रहेको भएतापनि हाल ववहाँको अवस्था सामान्य हुँदै गएको राप्रपा नगर अध्यक्ष हेम सुवेदीले बताए।     

Views: