d

निर्वाचन आयोगको प्रारम्भिक अनुमानः ६२ प्रतिशत मत खस्यो, ४१ स्थानमा चुनाव स्थगित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँः निर्वाचन आयोगले ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। प्रारम्भिक रुपमा प्राप्त तथ्याङ्क अनुसार आयोगले अनुमानित विवरण सार्वजनिक गरेको हो।

सबै ठाउँबाट रिपोर्ट आइनसकेकाले संख्या अझ बढ्न सक्ने एक निर्वाचन आयुक्तले जानकारी दिए।

'सबै ठाउँबाट विवरण आएको छैन। अझै समय लाग्छ। हालसम्म ६२ प्रतिशत भन्ने छ,' उनले भने।

यस्तै ४१ ठाउँमा मतदान स्थगित भएको छ। झडपका कारण विभिन्न ठाउँमा मतदान स्थगित भएको हो। यी ठाउँहरुमा निर्वाचन आयोगले अर्को मितिमा चुनाव गर्ने छ। केही ठाउँमा दिउँसो रोकिएकाले अहिले पनि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान सकिएका स्थानीय तहको मतपेटिका संकलन गरेर गणनाको तयारी भइरहेको आयोगले जनाएको छ। आजै २० प्रतिशत ठाउँमा गणना गर्ने तयारी भइरहेको छ।

Views: