d

गौरादहमा बिहान मात्र मतगणना शुरु हुने, मतपेटिका फुटेको हल्ला निराधार

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: गौरादहमा बिहान ८ बजे बाट मात्र,   मतगणना शुरु हुनेभएको छ। सन्ध्याकालिन समयमै मत पेटिका मतदान केन्द्रमा ल्याइपुर्याइएको भएता पनि मत गणना भने शनिबार बिहानबाट शुरु गरिने बताइएको हो। 
बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको र बैठक सम्पन्न हुनेबित्तिकै मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत बिदुर कार्कीले बताएका छन् । 

'मतपेटिका सुरक्षीत साथ मतगणना स्थलमा ल्याइएको छ। भोलि बिहान सर्वदलीय बैठक बसेपछि मतगणना शुरु हुनेछ।', कार्कीले भने । 

यसैबीच मतगणना स्थलमा भेला भएका स्थानीय बिच मतपेटिका फुटेको भन्ने विषयले चर्चा पाएको थियो । यद्यपि उक्त कुरा हल्ला मात्र भएको पाइएको छ। 

'वडा नं. ३ स्थित  दुर्गा देवी प्रा. वि.  मतदान केन्द्रबाट ल्याइएको मत पेटिका फुटेको भन्ने हल्ला चल्यो। सत्यतथ्य के हो भनेर हामीले मतपेटिका निरीक्षण गर्यौं तर सबै मतपेटिका सकुशल पाइयो।', वडा नं. ३ मा वडाध्यक्ष पदका उम्मेद्वार समेत रहेका दिलिप कुमार भण्डारीले भने । 

 

Views: