d

केशव स्थापित पछि पछि, बालेन अघि अघि 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता बढाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ११८० मतको हालै सार्वजनिक गरेको परिणाममा शाहले ४०२ मतसहित अग्रता लिइरहेका छन्।

उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन्। स्थापित ८३ मतले पछाडि परेका छन्। त्यसैगरी कांग्रेस उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छन्।  

उपमेयरतर्फ एमालेकी सुनिता ढंगोलले फराकिलो अग्रता लिएकी छन्। उनले ५०२ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृतले प्रेस ब्रिफिङमा जानकारी दिए। गठबन्धनका उमपेयर उम्मेदवारले ११० मतमात्रै प्राप्त गरेका छन्।

महानगरपालिकामा विहान साढे ९ बजे मतगणना सुरु भएको थियो। महानगरपालिकामा अहिले १, २, ३, ४ र ३२ नम्बर वडामा गणना भइरहेको छ।

वडा नम्बर १ मा पाँच सय मत, वडा नम्बर ३२ मा पाँच सय मत र वडा नम्बर दुईमा १८० मत गणना भएको छ। वडा नम्बर ३ र ४ मा भर्खरै सुरु भएको हो।

Views: