d

विर्तामोड: निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि नारावाजी, भित्र मतगणना जारी  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विर्तामोड, वैशाख ३१। झापाको विर्तामोड नगरपालिकास्थित मतगणना स्थल बाहिर तनावको स्थिति सिर्जना भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् ।

तर यसले मतगणनालाई कुनै प्रभाव नपारेको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए । ‘बाहिर नारावाजी भएको छ, भित्र कुनै प्रभाव भएको छैन’ उनले भने, ‘मैले पनि प्रमुख जिल्ला अधिकारीज्यूसँग कुरा गरेर थाहा पाएको हुँ ।’

इलाका प्रहरी कार्यालय, विर्तामोडका एक अधिकारीले चाहिँ प्रमुख निर्वाचन अधिकारीको गाडी अनुगमनका क्रममा त्यहाँ पुगेको र नमूना मत पत्र गाडीमै रहेका कारण गलत बुझाइएको भएको दाबी गरे । उनले भने, ‘अहिले मतदाताहरुलाई सम्झाइबुझाइ गर्ने प्रयास भइरहेको छ ।’

स्थानीयले चाहिँ मतगणनामा धाँधली गर्न खोजिएको आरोप लगाएका छन् । अहिले विर्तामोड एमाले उम्मेदवार पवित्रा महतरा प्रसाईंको अग्रता छ । प्रसाईंले ७०० मत ल्याउँदा कांग्रेसका भोजराज सिटौलाले ४७७ मत ल्याएका छन् । बजार दैनिक बाट । 

Views: