d

बैतडीको सूर्नया-२ मा राप्रपाको प्यानलै विजयी, कांग्रेस तेस्रो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बैतडीको सूर्नया गाउँपालिका–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा राप्रपाका गणेशबहादुर विष्ट ३ सय मतका साथ प्यानलसहित विजयी भएका हुन् ।


उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २३८ मत पाए । नेपाली कांग्रेसका कृष्णबहादुर पाण्डेले १५० र माओवादीका पूर्णबहादुुर विष्टले १५५ मत ल्याए । यो वडामा एमाले र राप्रपाको चुनावी तालमेल भएको थियो । 

त्यस्तै, पाटन नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्रसिंह विष्ट विजयी भएका छन् । उनी १२१४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका लक्ष्मीदत्त भट्टले ७९० मत ल्याए ।

विष्ट गएको स्थानीय तहको निर्वाचनमा पनि सोही वडाबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । चार जना वडा सदस्य पनि नेपाली कांग्रेसकै विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Views: