d

 हेटौँडामा राप्रपाले लियो अग्रता, एकीकृत समाजवादी दाेस्राे नम्बरमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको चार वटा वडाको मतगणनामा राप्रपाका दीपकबहादुर सिंह पहिलो स्थानमा देखिनुभएकाे छ । सिंहले गठबन्धबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई उछिन्नुभएकाे हाे । 

अहिलेसम्म नाै हजार २९ मतगणना हुँदा राप्रपाका सिंहले दुई हजार सात सय १० मत, गठबन्धनकी उम्मेदवार लामाले दुई हजार ६ सय ६९ मत र नेकपा एमालेका अनन्त पौडेलले दुई हजार चार सय ३४ मत प्राप्त गरेका छन् । 

उपमेयरमा गठबन्धनका राजेश बानियाँले तीन हजार नाै सय ८२ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले तीन हजार १६ र राप्रपाकी इन्दिरा न्यौपानेले आठ सय तीन मत प्राप्त गरेका गरेका छन् । उज्यालो अनलाइन।  

Views: