d

कविता- 'छरपस्ट भईसके तिम्रा गोजीका काला पैसाहरु'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एउटा पार्टीमा बसेर अर्को पार्टीलाई भोट मागिदिने तिमि 
चुनाबको मुखमा ठुलो गोजी भएको कमेज लगाएर हिड्ने तिमि  
मतदातालाई जोकर सम्झने तिमि 
कार्यकर्तालाई गिद्दे नजरले हेर्ने तिमि 
कुखुरे युद्द बन्द गर 
सक्छौ राजनीतिबाट सन्यास धारण गर 
अपवित्र काम गर्दै तिम्रो जिदगी बित्यो तिम्रो 
ए निरिह प्राणी !! अव कति चहार्छौ अर्काको घर, आफ्नै घरको छानो टालेर आरामको निन्द्रामा सुत्ने गर 
 
नत्र  
कमण्डलु बोक मुग्लान पस, चुनावमा मात्र किन माग्छौ ? सडक किनारामा बसेर सदावहार भिखारी बनेर बस 
यति त बुझ 
 छरपस्ट भईसके तिम्रा गोजीका काला पैसाहरु

-सान नेपाल 

Views: