d

धर्मदेवीमा एमालेका उदयचन्द्र पौडेल नगरप्रमुखमा निर्वाचित, कसको कति ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार उदयचन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले ४ हजार २८२ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार थलकुमार लिङ्खाले ४ हजार १ सय ९३ मत ल्याए ।
लिङ्खालाई ८९ मत हराउँदै पौडेलले प्रमुख पदमा विजयी भएका हुन् । पौडेल यसअघि वडा नं ,५ का वडाध्यक्ष थिए ।उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार तारा महत भट्टराई विजयी भएकी छन् । नेकपा एमालेकी लक्ष्मी गिरीलाई २ सय १८ मत अन्तरले पछि पार्दै उनी उपमेयर पदमा विजयी भएकी हुन् ।
उपप्रमुख महतले ४ हजार २३ मत ल्याएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकी गिरीले ४ हजार ५ मत ल्याएकी छ्न् । यसअघि धर्मदेवी नगरपालिकाको मेयर र उपमेयर दुवै नेपाली काँग्रेसले जितेको थियो । अहिले वडा नं ५ मा मेयर सहित एमालेले प्यानल नै जितेको हो। काङ्ग्रेसको गढ मानिएको यस नगपालिकामा एमालेले जीत हासिल गरे सगै इतिहास रचेको छ। यो सगै नेकपा एमालेले प्यानल सहित १,३,५,९ गरी ४ वडामा जीत हासिल गरेको छ भने नेपाली काङ्ग्रेसले उपप्रमुख सहित २,४,६,७,८ गरी ५ वडामा जीत हासिल गरेको छ।
कुल जनसंख्या१६,३००
वडा संख्या ९
मतदान केन्द्र११
पुरुष मतदाता संख्या६,६८३
महिला मतदाता संख्या६,५०२
कुल मतदाता संख्या१३,१८५
खसेको मत=८९०९
#मेयरपदमा  
नेकपा एमाले (उदयचन्द्र पौडेल)- ४२८२  विजयी
नेपाली काङ्ग्रेस (थल कुमार लिंखा)-४१९३
मत अन्तर=८९
#उपमेयर_पदमा
नेकपा एमाले (लक्ष्मी गिरी)- ४१०५
नेपाली काङ्ग्रेस (तारा महत भट्टराई)-४३२३ विजयी
मत अन्तर=२१८ 
यस नगरपालिकामा कूल जनसंख्या १६,३०० रहेको छ भने कुल मतदाता संख्या १३,१८५ रहेको छ । जसमा ६,६८३ पुरुष र ६,५०२ महिला रहेका छन् । यस नगरपालिकामा ९ वडा रहेका छन्।

Views: