d

एमालेले गुमायो ईलाम, मेयरमा थापा र उपमेयरमा दाहाल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा, जेठ ४ । इलाम नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका केदार थापा निर्वाचित भएका छन् । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै थापा निर्वाचित भएका हुन् ।


थापाले १३ हजार १ सय १५ मत प्राप्त गरे भने एमालेका चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत ल्याएकी छन् ।

२०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । इलाम नगरपालिकामा ३० वर्ष पछि नेपाली कांग्रेसले बिरासत फर्काएको हो । २०७४सालको स्थानीय निर्वाचनमासमेत एमालेका उम्मेदवार नगर प्रमुख र उपप्रमुखमा विजयी बनेका थिए ।

इलाममा १२ वटा वडा रहेको ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ । बजार दैनिक 

Views: