d

गौरादह मेयर पदमा सुबेदी १ हजार ४ सय मतले अगाडी, ५ न. वडाध्यक्षमा श्रेष्ठको अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादहमा भएको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा एमालेका छत्रपति सुवेदी प्रारम्भ देखि नै अग्रता कायम गर्दै आएका छन्।  गठबन्धनको तर्फबाट प्रमुख पदमा उम्मेदवार रहेका  निवर्तमान मेयर रोहित कुमार साह १४०४   मतले पछाडी परेका हुन्। 
हाल सम्म वडा न. १ , २ , ३ , ४ गणना भईसकेको छ भने वडा न ५ को गणना जारी छ।   सुवेदीले ७१२४ मत प्राप्त गर्दा साहले ५७२० मत प्राप्त गरेका छन्।  

No photo description available.

यस्तै उपप्रमुखमा एमालेकी जलवर्षा राजवंशीले  ६३३१ मत र गठबन्धनका पुष्प ढकालले ५५९२ मत प्राप्त गरेका छन्।  

९ वटा वडा रहेको यस नगरमा ५ न. वडाध्यक्ष पदमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका तारा कुमार श्रेष्ठले अग्रता कायम राखेका छन्।  उनले १०२८ मत प्राप्त गर्दा एमालेका जगन्नाथ खनालले ९९४ मत प्राप्त गरेका छन्।  

५ नं. वडाकाे
२२६७ मत गणना गर्दा र १,२,३,४ नं. वडा सहितकाे मत परिणाम 

मेयरका लागि उमेद्वार :-
१.नेकपा एमाले - छत्रपति सुवेदि:-७१२४
२.ने.का. - राेहित कुमार शाह:-५७२०
३.रा.प्र.पा. - गाेपाल प्रसाद पाैडेल:-७७४
४.नेकपा(एकीकृत समाजवादि) - खगेन्द्र प्रसाद दहाल:-१५
५.जनमत पार्टी - नारायण राजवंशी:-०
६.उन्नत लाेकतन्त्र पार्टी -मिलन श्रेष्ठ:-८

​उपमेयरका लागि उमेद्वार :-
१.नेकपा एमाले - जलवर्षा राजवंशी चाैधरी:-६३३१
२.मा.के. - पुष्प लाल ढकाल:-५५९२
३.रा.प्र.पा. - भरिपूर्ण राई:-६५३
४.नेकपा(एकीकृत समाजवादि) - लक्ष्मि देवि चाैधरी:-२६
५.जनमत पार्टी - सरस्वती कुमारी ताजपुरिया:-०

   वडाध्यक्ष:-
                    ५. नं. वडा:-
१.नेकपा एमाले - जगनाथ खनाल-९९४
२.ने.का. - तारा श्रेष्ठ:-१०२८
३.रा.प्र.पा. - नर वहादुर कार्की:-५५
४.मंगाेल नेशनल अर्गनाईजेशन:-२६

 

Views: