d

नेता विष्टको प्रभाब क्षेत्र रहेको गौरादह ७ मा राप्रपाले जित्ने दावी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे 
झापा:  राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि गौरादहमा खासै राम्रो नतिजा देखिएन।  मनोनयनको समय देखि सुन्य समय सम्म निकै ताम झाम देखिएको राप्रपाले मतपेटिकामा भने निकै कमजोर उपस्थिति देखाएको छ।  वडा न. १ मा यो पटक विजयको माला लगाएरै छाड्ने वक्तब्य दिएका देवेन्द्र खड्काले तिन अंकको परिणाम हात पारेनन्। आफ्ना सदस्यहरुले उनको भन्दा दोब्बर मत ल्याउदै गर्दा उनको मत कता हरायों भन्ने प्रश्न खड़ा भएको छ ।  वरिष्ठ क्षेत्रीय अध्यक्ष खेमराज तिमसीनाको  गृह वडा २ न. वडामा करिब ६० मत ल्याएर वडाध्यक्षका उम्मेदवार भोला नेपालले चित्त बुझाएका छन् ।   ३ न. वडाध्यक्ष पराजित हुँदा पनि ४५० मत ल्याउने आकलन गरिएकोमा ५८ मतमा चित्त बुझाउनु पर्यो।  वडा न. ४ मा १ सयको हाराहारीमा मत प्राप्त गरेको राप्रापाले वडा न. ५ मा समेत दोहोरो अंकमै चित्त बुझाएको छ।  त्यसो त वडा न. ४ को खुल्ला सदस्यका उम्मेदवारहरुले  ५ सय बढी मत  प्राप्त गरेका छन्। अन्य वडामा समेत अध्यक्षको तुलनामा केहि सुधार नगरेको अवस्था भने छैन।  

मेयर र उपमेयर पदमा ३/४ हजार मत ल्याउने आकलन गरिएकोमा मेयर पदका उम्मेदवार गोपाल पौड्यालले र उपमेयरको उम्मेदवार भरिपूर्ण राईले अहिले सम्म १ हजार मत कटाउन सकेको अवस्था देखिदैन।  

वडा न. ७ मा सम्भावना बलियो ?

राप्रपा नेता लक्ष्मी संग्रौला वडा न. ७ राप्रपाको लागि निकै बलियो भएको बताउछन्।  लामो समय जिल्ला अध्यक्ष सम्हालेका र हाल केन्द्रिय सदस्य समेत रहेका अम्बर विष्टको गृह वडा भएको कारण पनि वडा न. ७ राप्रपाको लागि जित्न सकिने वडा रहेको संग्रौलाको भनाई छ। 
'मेरो जन्म स्थान  पनि ग्वाल्डुब्बा नै हो, संगठित सदस्य समेत निकै नै रहेको कारण हामी यस वडामा जित्ने निश्चित नै छ।', पार्टीको वाणिज्य विभाग  प्रमुख समेत रहेका सग्रौलाले बताउने गरेका छन्।  

अहिले सम्मको चुनावी नतिजा हेर्दा राप्रपाका मुख्य नेताको प्रभाव क्षेत्र रहेको वडाहरुमा राप्रपाको अवस्था समेत बलियो देखिने गरेको पाइन्छ।   प्रदेस १ अध्यक्ष राम थापाले दमकमा जितको नजिक छन्। माई पुर्वका  स्थानिय तहमा राप्रपाले बलियो उपस्थिति जनाई सकेको छ।  पार्टी अध्यक्ष राजेन्द्र लिंग्देंनको गृहपालिका हल्दीवारीमा अध्यक्ष उपाध्यक्ष सहित केहि वडामा समेत जित हात पारिसेको छ।  भद्रपुरको उपमेयरमा समेत अग्रता कायम गर्दै आएको राप्रपाले यस नगरपालिकामा २ वटा वडाध्यक्ष र सदस्यहरु हात पारिसकेको छ।  
सबै स्थानीय तहमा राप्रपामा उल्लेख्य सुधार हुँदै गर्दा गौरादहमा कस्तो नतिजा आउने हो भने विषय पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ।    

Views: