d

काठमाण्डौ महानगर : बालेन शाहको मतान्तर फराकिलो, स्थापित १० हजार १०८ मतले पछाडि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ - काठमाण्डौ महानगरमा बालेन शाहले मतान्तरलाई फराकिलो बनाउँदै लागेका छन्  । महानगरको पछिल्लो मत परिणामअनुसार ५५ हजार ७९२ मत गन्दा बालेन शाहले २१ हजार ३२४ मत प्राप्त गरेका हुन्  ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार २१६ मत प्राप्त गरेका छन्। स्थापित शाहभन्दा १० हजार १०८ मतले पछाडि रहेका छन्।  

नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३६२ मत प्राप्त गरेकी छिन्  ।  

उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उनको  अहिलेसम्म २० हजारभन्दा धेरै मत आएको छ ।

Views: