d

काठमाण्डाैमा बालेन शाह ११ हजार ३२९ मतले अगाडी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले ११ हजार तीन सय २९ मतकाे अग्रता लिइरहेका छन् । 

शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गर्नुभएकाे छ । यस्तै एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार नाै सय ९५ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गरेका छन्। 

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता लिइरहेकी छिन् । डंगाेलले अहिलेसम्म २४ हजार एक सय एक मत प्राप्त गरेकी हुन्  । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार ६ सय ७४ मत प्राप्त गरेकी छिन् । राप्रपाकी बिनिता मगैयाले पाँच हजार तीन सय ५२ मत प्राप्त गरेकी छिन् । 

Views: