d

 गौरादह: वडा ७ को पुन: मतगणना हुनुपर्ने गठबन्धनको माग,  मतगणना स्थगित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकाको जारी मतगणना स्थगित भएको छ।  वडा न. ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार बलराम खरेल १ मत बढी ल्याएर विजयी भएको घोषणा प्रति गठबन्धनले असन्तुष्टी जनाउदै पुन: मतगणनाको माग गरेपछि गौरादह कै मत गणना स्थगित भएको हो।   गठबन्धन तर्फबाट  नेपाली कांग्रेसका उम्मेदवार दिलनाथ कटुवाल  र एमालेका उम्मेदवार बलराम खरेलले समान ९१९ मत प्राप्त गरेका थिए।  मत बराबर भएपछि  पुन: रुजु निर्वाचन आयोगले खरेललाई १ मत बढी परेको ठहर गरेको थियो।  

'वहाँहरुले पुन: मतगणना गर्नु पर्ने माग राख्दै निवेदन दिनु भएको छ ।  अहिले ८ बजे तिर प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन आयुक्त गौरादह आउदै हुनुहुन्छ।  वहाँहरुको निर्देशन अनुसार अघि बढिने छ।', निर्वाचन अधिकृत विदुर कार्कीले बताए।  

Views: