d

पिप्लामोडमा पहिरो खसेपछि गाडीको आवागमन प्रभावित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ - पिप्लामोडमा पहिरो खसेपछि गाडीको आवागमन प्रभावित भएको छ।  पहिरोका कारण काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले गाडीको लामो लाइन लागेको हो।  

बिहान यो सडक खण्ड अन्तर्गतको पिप्लामोडमा पहिरो खसेपछि गाडीको आवागमन प्रभावित भएको बताइएको छ  ।

बिहानै परेको वर्षाका कारण लेदो माटोसहित पिप्लामोडमा पहिरो खसेको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । एकतर्फी सडक खुलाएर गाडी पास गराइरहेको प्रहरीले जनाएको छ ।

समाचार/तस्बिर: उज्यालो अनलाइन 

पहिरो हटेपछि दुईतर्फी नै सडक खुल्ने छ । मुख्य नाका भएकाले यो सडक खण्ड भएर दिनहुँ हजाराैँ गाडी चल्छन् । यसले गर्दा सामान्य समस्या पर्दा पनि यो सडक खण्डमा घण्टौँ जाममा बस्नु पर्ने बाध्यता छ ।

Views: