d

धर्मदेवीमा आफ्ना कार्यकर्ता माथि कुटपिट गरेको एमालेको आरोप 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संखुवासभा: धर्मदेवीमा नेकपा एमालेका कार्यकर्ता माथि साङ्घातिक आक्रमण गरिएकाे छ। ​धर्मदेवी नगरपालिका –१ मा नेकपा एमाले धर्मदेवी नगर कमिटी सदस्य नारायण लिम्बूलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोप एमालेले लगाएको छ।हिजो साँझ नगरपालिका पुगेर घर फर्किदै गरेका  लिम्बुलाई कांग्रेस कार्यकर्ताले महभीर नजिकै डाँडामा बाटो छेकेर साङ्घातिक आक्रमण गरी मरणासन्न तुल्याएको भन्दै नेकपा एमाले जिल्ला कमिटी र धर्मदेवी नगर कमिटीले विज्ञप्ति मार्फत कारवाहीको माग गरेको छ।

No description available.

आक्रमणमा संम्लग्न मुख्य योजनाकार सहित दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै एमालेले लोकतान्त्रिक पद्दतिमा चुनावको हार स्वीकार गर्न नसक्ने नेपाली कांग्रेसका अराजक र सर्व सत्तावादी चरित्र प्रति घोर भत्र्सना गर्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ।एमाले कार्यकर्ता लिम्बू २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्य निर्वाचित भएका थिए। कांग्रेस कार्यकर्ताको आक्रमणबाट लिम्बूको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।गम्भीर घाइते लिम्बूको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि विराट नर्सिङहोम विराटनगर लगिएको छ।घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सरोज खनालले जानकारी दिए।प्रहरीले घटनामा संम्लग्न रुपमान तामाङ लगायत संलग्न  रहेका मध्ये ३ जना पक्राउ गरिसको र थप एकजना फरार रहेको  जनाएको छ।

Views: