d

राप्ती नगरपालिकाको मेयरमा समाजवादीका लामा विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन । नेकपा एमालेको गढका रूपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिका नेकपा (एकीकृत समाजवादी)ले जितेको छ। एमाले विभाजनपछि बनेको समाजवादीका शमशेर लामा राप्तीको मेयरमा निर्वाचित भएका हुन्।

लामा ४७३ मतान्तरले विजयी भएका हुन्। उनले १२ हजार ५२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्द प्रसाद कँडेलले १२ हजार ५१ मत ल्याए।

राप्तीमा एमालेभित्र आन्तरिक विरोध रहेको थियो। यसअघिका उपमेयर इमानसिंह लामा मेयरको दौडमा थिए। तर मेयरको बलियो सम्भावना भएका इमानसिंहले मेयरको टिकट पाएनन्।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र लामा २३४ मतान्तरले निर्वाचित भए। देवेन्द्रले १२ हजार ६८२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत ल्याइन्। राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेका छन्।

Views: