d

कविता: आफ्नालाई बँधुवा मजदुर सम्झिन्छ, मालिकलाई देख्दा पुच्छर लुकाएर लुटुपुटु गर्छ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

: ५ वर्ष चुप लागेर बसेको उ मालिक संगै सुत्छ !!

मालिकले ए पाङ्ग्रे भनेर बोलाउँदा  
अनायास उ १२० को गतिमा दगुर्छ
आफ्नो सानो झुपडीमा बसेर मालिकको नौ तले दरवार भित्रको हड्डी सम्झन थाल्छ
५ वर्ष चुप लागेर बसेको उ 
जव दशैं आउछ अनि सल्बलाउछ 
मालिक संग दया र करुणाको स्वरमा भिख माग्न थाल्छ 
आफ्ना घरका मान्छेलाई गिद्दे नजर लगाउछ 
मालिकले बोलाउने बित्तिक्कै पुच्छर हल्लाउदै दैलोमा उभिन पुग्छ 
मध्ये रातमा आफ्नो सानो झुपडी छोडेर अर्काको घरमा ओत लाग्न जान्छ 
आफ्नालाई बँधुवा मजदुर सम्झिन्छ 
दशैंभरी मालिक संग संगै सुतेको उ 
अहिले 
लम्पसार परेर घुरिरहेको छ 
किनकी 
उसले भोको पेट भर्न पाएको छ।  

                                                                        -सान नेपाल 
 

Views: