d

पथरी शनिश्चरे: मुख्य पदमा एमाले, वडाध्यक्षमा एमाले-कांग्रेस बराबरी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मोहनप्रसाद तुम्वापोले १२ हजार ९५६ मत प्राप्त गरी विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्रबहादर सुब्बाले ११ हजार १४६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेका देवीमाया काफ्लेले ११ हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कविता पराजुलीले ११ हजार ३९० मत प्राप्त गरेका छन्। उक्त पालिका–१, २, ७, ९ र १० मा एमालेका उम्मेदवारहरू वडाध्यक्षमा निर्वाचित भएका छन् भने कांग्रेसका उम्मेदवारहरू ३, ४, ५, ६ र ९ वडाको अध्यक्षमा विजयी हासिल गरेका छन् ।

Views: