d

नगरको पैसाले एक कप चिया खादिन र तपाईंलाई पनि ख्वाउदिन - राम थापा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: दमक नगरपालिकाका नव निर्वाचित नगर प्रमुख राम थापाले नगर प्रमुखको रुपमा कुनै पनि सेवा सुबिधा नलिने घोषणा गरेका छन्।  मतगणना पछि भएको विजय र्याली पछीको कोण सभालाइ दमक चोकमा सम्बोधन गर्दै थापाले नगरको पैसाबाट आफुले एक कप चिया पनि नखाने बताए।  
'नगरको पैसाले म चिया खादिन र तपाईंलाई पनि ख्वाउदिन', नगर प्रमुख थापाले भने।  

नगरपालिका भित्र धेरै व्यातिथि रहेको बताउदै थापाले नगरपालिकामा काम गर्ने कर्मचारीहरु नाता र कृपावाद बाट नियुक्ती लिएकाहरु धेरै रहेको बताए।  

थापाले दमक चोक स्थित आकासे पुल बाट घोषणा गर्दै भने, 'ठेला, रिक्सा र सिटी सफारी चालकहरु दोहोरो करको शिकार भएका छन्, उनीहरुको कर मिनाहा गरिने छ।'

Views: