d

आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा मनाेज पाण्डे पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेपछि प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले पाण्डेलाई काठमाण्डौबाट पक्राउ गरेको बताइएको छ।  किशोरीले सामाजिक सञ्जालमा भिडिओ राखेदेखि नै पाण्डेलाई निगरानी गरिएकोमा आज पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ । उनलाई कुन कानुनमा टेकेर मुद्दा चलाउने भन्ने विषयमा अहिले कानुनका ज्ञातासँग परामर्श गरिरहेको जनाइएको छ।  

Views: