d

मकवानपुरमा जीप दुर्घटना, चार जनाको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बलात्कार पीडितलाई न्याय दिलाउन महिला गैरसरकारी संस्था महासंघको माग
हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ। आठ जना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ। मृतक चार जना पुरुष रहेका छन्।

घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौंडा अस्पतालमा र एक जनाको उपचारका लागि काठमाडौं पठाइएको छ। घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

Views: