d

महिला टी–२० सिरिज: पाहुना टोली युगान्डा नेपाल द्वारा ३३ रनले पराजित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–२० क्रिकेटमा नेपाल विजयी बनेको छ।

शनिबार त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम खेलमा पाहुना टोली युगान्डालाई ३३ रनले पराजित गरेर नेपाल विजयी भएको हो।

पाँच खेलको टी–२० सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ। घरेलु टोली नेपालले जितसहित सिरिजको अन्त्य गरेको छ।

१ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। यसअघि युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।

पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो।

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला क्रिकेट टिमका लागि सिरिजको आयोजना गरेको थियो।

Views: