d

स्थानिय निर्वाचन: मेची नगरमा राप्रपाको उतासाहजनक उपस्थिति 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: मेचीनगर नगरपालिकाको हाल सम्म गणना भएको निर्वाचन आयोगको तथ्यांक अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीको उत्साहजनक मत झरेको छ।  उपमेयर पदकी प्रत्यासी उम्मेदवार सविना बजगाईंलाइ मेचीनगरबासीले राम्रै रुचाएको हाल सम्मको मत परिणामले देखाएको हो।  
'चार आलीकी छोरी धुलावारीकी बुहारी' को रुपमा चर्चा कमाएकी बजगाईंले हाल सम्म ५७०७ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन्। अघिल्लो निर्वाचनमा मेचीनगरमा राप्रपाको उपस्थिति नगन्य देखिएकोमा यो पटक उत्साहजनक मत झरेको हाल सम्मको निर्वाचन परिणामले देखाएको छ।  उपमेयरमा एमालेकी मिना कुमारी पोख्रेल १४५७८ मत सहित पहिलो स्थानमा छन्।  त्यस्तै गठबन्धन बाट माओबादीका प्रकाश भण्डारी ८७७५ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ। १५ वटा वडा रहेको यस नगरपालिकामा  हाल सम्म १, २, ३, ४, ५, र ६ र ११, १२, १३, १४, १५ नम्वर वडाको मतगणना सम्पन्न भएको छ।  

Views: