d

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्द राप्रपाको विरोध

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गरेरपेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि अव्यवहारिक तथा आपत्तिजनक भएको उल्लेख गर्दै फिर्ता लिन माग गरेका हुन् ।

पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करसमेत पुनर्विचार गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । बढ्दो मूल्यवृद्धिलाई नियन्त्र गर्न वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन पनि राप्रपाले माग गरेको छ ।

सरकारले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको थियो ।

 

No description available.

Views: