d

हल्दिबारीका ज्येष्ठ नागरिक र गर्भवतीले घरदैलोमै स्वास्थ्य सेवा पाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा । हल्दिबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रवीन्द्र लिङदेन र उपाध्यक्ष लक्ष्मी देवी मैनालीसहित जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गरेका छन् । 

राप्रपाको एकल बहुमत रहेको हल्दीवारी गाउँपालिकामा नव निर्वाचित अध्यक्ष रबिन्द्र लिङदेनले दुईवटा महत्वपूर्ण निर्णय गरेका छन्।  
शपथ ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले लिङदेनले गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला तथा फरक क्षमता भएका नागरिकहरूलाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेका हुन्।    मनसुन सुरु हुन लागेकोले गाउँपालिकाभित्रका सडकहरू तत्काल मर्मत सम्भार गर्ने निर्णय समेत अध्यक्ष लिङदेनले गरेका छन् । शपथ ग्रहण संगै गाउँपालिकामा नवनिर्वाचित २७ जना जनप्रतिनिधिहरूले सोमबार देखिनै आआफ्नो जिम्मेवारी सम्हालेका छन् । 

Views: