d

मेयरलाई चाँदीको मुकुट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१० जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य प्रदीप यादवले चाँदीको ताज (मुकुट) लगाइ दिएका छन् । मेयरमा जित्ने वित्तिकै सांसद यादवलाई भेट्न निजी निवास पुगेका सिंहले चाँदीको ताज पहिरिने सौभाग्य पाएका हुन्।   

सत्तागठबन्धनबाट जसपाका उम्मेदवार बनेका सिंहलाई मेयरमा जिताउन सांसद यादवले मुख्य भूमिका निर्वाह गरेका बताइन्छ। सांसद यादवले सिंहलाई सम्मान गरेको फोटो फेसबुकमा पजेमा राख्दै लेखेका छन्, ‘ हामी संगै लडेका थियौं, संगै जित्यौ पनि, हामी संगै रहन्छौ, संगै अगाडि बढ्छौ ,यो जीत हाम्रो होइन सम्पूर्ण वीरगञ्जवासीको जीत हो ।’

एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई पराजित गर्दै सिंह ४६ हजार २ सय १५ मतका साथ मेयरमा निर्वाचित भएका हुन् । cover photo: online patrika

Views: