d

जनता मा. वि. को अक्षयकोषबाट उत्कृष्ट बिद्यार्थीहरु पुरस्कृत

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झगेन्द्र खड्का 
गौरादह/जनता मा.बि. गौरादहमा राखिएकाे अक्षयकोषबाट बिद्यालयमा अध्यानरत उत्कृष्ट बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित नगद पुरस्कारबाट पुरस्कृत गरिएकाे छ। बिद्यालयले आयाेजना गरेकाे दाता सम्मान कार्यक्रममा अक्षयकोष स्थापना गर्ने दाताहरुलाई सम्मान र बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएकाे थियाे।बिद्यालयमा विभिन्न दाताहरुबाट बिद्यार्थीहरुलाई पुरस्कार बितरणकाे लागि राखिएकाे अक्षयकोषकाे ब्याजबाट मंगलबार १ सय १० जना बिद्यार्थीहरुलाई पुरस्कृत गरिएकाे हाे। बिद्यालयमा अध्यान गर्ने उत्कृष्ट बिद्यार्थीहरुले अध्यानरत कक्षा अनुसार ३ सय ५० देखि २४ हजार सम्म नगद पुरस्कार पाएका छन। गौरादह नगरपालिका नवनिर्वाचित नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि छत्रपति सुवेदीले कार्यक्रमकाे उद्घाटन गरेका थिए। बिद्यालयका प्रधानाध्यापक हरि प्रसाद अधिकारीले कार्यक्रमकाे औचित्य माथि प्रकाश पार्दै स्वागत गरेका थिए। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र गौतमकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा जिल्ला समन्वय इकाई प्रमुख राज कुमार बि.क., पुर्ब प्रधानाध्यापक बुद्धिमान कार्की, नेपाल टेलिकमका पुर्ब ईन्जिनियर खड्ग बस्नेत, अक्षयकोष दाता चन्द्र कुमार राई लगायतले शुभकामना मन्तब्य राखेका थिए।

 

No description available.

Views: