d

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बारामा प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बारा । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ।

नेकपा एमाले निकट भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बारा र राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिले मगलबार बिरोध प्रदर्शन गरेको हो।

अनेरास्ववियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाईकल, स्कुटर र अटो डोर्याएर सान्केतिक रुपमा बिरोध गरेका हुन। हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न नेकपा एमालेका युवा नेता जयराम कुवरले आग्रह गरे।

यस्तै मूल्यवृद्धिको विरुद्धमा आगामी दिनमा समेत राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पनि बाराका बिभिन्न स्थानमा एकसाथ बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने एमाले निजगढका सचिब तिलक घलानले बताए। यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियु र युवा संघले माग गरेको छ।

पहिले कोभिड–१९ का कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको अब पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढाड सेक्ने काम भईरहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य इराज कोइरालाले बताए। उनले उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत सरकारलाई आग्रह गरे।

नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो। cover photo/ News: The Nepal Top

Views: