d

नवनिर्वाचित वडाध्यक्ष भण्डारीको नेतृत्वमा पुस्तकालयलाई कर्कटपाता सहयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नवनिर्वाचित गौरादह ३ का वडाध्यक्ष दिलिप भण्डारीको नेतृत्वमा सामुदायिक पुस्तकालयलाई कर्कटपाता हस्तान्तरण गरिएको छ।  वडा न.  १ स्थित गौरादह बजारमा स्थापित सामुदायिक पुस्तकालयलाई वडा न. ३ का स्थानिय युवाहरुले आर्थिक सहयोग जुटाई कर्कटपाता सहयोग गरिएको बताइएको हो।  

'हावाहुरीका कारण पुस्तकालयको कर्कर्टपाता उडाएर पुस्तकहरु समेत भिज्ने जोखिम निम्तिएको थापा पाएपछि  ३ न. वडाका युवा साथीहरुबाट आर्थिक सहयोग जुटाएर छानो मर्मत गरिएको वडाध्यक्ष भण्डारीले बताए।   

 'गौरादह सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र जगेर्ना तथा संरक्षण गर्नु हामी सवैको कर्तब्य हो।  पानी चुहिने समस्या निराकरण गर्नका लागी चाहिने ३ बन्डल रंगिन जस्तापाता पुस्तकालयका संस्थापक सल्लाहकार तथा गौरादह बहुमुखी क्याम्पसका पुर्व प्र. अ.  सुरेश बहादुर पौडेललाई हस्तान्तरण गरेका छौं।', धिमधिमे युवाकल्बका अध्यक्ष प्रविण वस्नेतले बताएका छन्।  

Views: