d

काठमाडौं महानगर:, ३ वटा वडा गणना बाँकी हुँदा बालेन्द्रले पुर्याए ५९ हजार मत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५९ हजार मत पुर्याएका छन्। मतगणना शुरु हुँदै देखि निरन्तर अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। 

मत गणना गर्न बाँकी हुँदै काठमाडौंको मेयर पदमा बालेन्द्रले जीत सुनिश्चित देखिएको छ।  

बिहीबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५९ हजार १४९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन्। बालेन्द्रले सिर्जनालाई २१ हजार ६०७ मतान्तर बनाएर अग्रता कायम गरेका छन्। 

 ३२ वडा रहेको काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ। हाल वडा नम्बर १४, १५ र १६ गणना सकिन बाँकी रहेको छ।

Views: