d

दैलेखमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयो, ३९ घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दैलेख : दैलेखको आठबिस नगरपालिका वडा नं. २ सिस्नेमा बस दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको छ। कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको यात्रुबाहक बस बुधबार राती दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।  

 दुर्घटनामा परी दैलेखका दुई र कालिकोटका दुई जनाको मृत्यु भएको हो। 

दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको बताइएको छ।  

बसमा कुल ६२ जना यात्रु रहेको खुल्न आएको र तीमध्ये ३९ जना घाइते रहेको डीएसपी साहले बताए। सामान्यदेखि गम्भीर घाइते भएका बसमा सवार ३९ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। 

प्रारम्भिक अनुसन्धान र चालकको भनाई अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना हुन पुगेको बताइन्छ।  

प्रहरीका अनुसार बस राजमार्गबाट ४० मिटर तल कर्णाली नदीमा खसेको छ।

अन्नपूर्ण पोस्टको सहयोगमा 

Views: