d

मेयर सुवेदीले सम्हाले कार्यभार: विमा अस्पताल, सुत्केरीलाई निशुल्क एम्बुलेन्स देखि बृक्षारोपण सम्मक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास, जेठ १२/ झापा : गाैरादहका नवनिर्वाचित नगरप्रमुख छत्रपति सुवेदीले आज बिहिवारबाट पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरि आजै पदभार ग्रहण गरेका हुन् । नगरप्रमुख सुवेदीले नगर उपप्रमुख जलवर्षा राजंवशी र नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरू समेतलाई सपथग्रहण गराएका छन् । 

सपथ ग्रहण समारोह पश्चात् संक्षिप्त मन्तव्य राख्दै नगर प्रमुख सुवेदीले श्रोत साधन र आफुमा भएको क्षमताले भ्याए सम्म नगरलाई समुन्नत नगर बनाउन लागिपर्ने बताए ।  

सबै राजनीतिक दल, सञ्चार क्षेत्र, स्थानीय संघ संस्था र नागरिक समाज संग सदैब सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । नगर प्रमुख सुवेदीले समग्र भूगोललाई हेरेर बिकास निर्माण कार्य अगाडी बढाउने, सुशासन र पारदर्शीता कायम गर्ने बताए । 

कार्यक्रममा संविधानसभा सदस्य दिपक कार्की, निवर्तमान मेयर रोहित कुमार साह, निवर्तमान उपमेयर गिता भेट्वाल, एमाले नेता मदन अधिकारी, माओवादी केन्द्रका नेता हुकुमसिंह, काङ्ग्रेस नेता हेमन्त कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

Views: