d

भण्डारीका चार कदम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका वडा न. १ का वडाध्यक्षको यो पटक नयाँ कार्यकाल हो।  २०७४ को स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फ बाट वडाध्यक्षमा निर्वाचित भएका भण्डारीले बैशाख ३० को निर्वाचनबाट पुन: एक कार्यकाल वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने भएका हुन्।  शुक्रवारबाट उनले औपचारिक रुपमा वडाध्यक्षको नयाँ जिम्मेवारी सम्हालेका छन्।  जिम्मेवारीको पहिलो दिन भण्डारीले केही महत्व निर्णय समेत लिएको बताइएको छ।  

उनको पहिलो प्रथामिकतामा २ वर्ष भित्रमा गौरादह खानेपानी तथा सरसफाई समिति संग सहकार्य गर्दै वडाका प्रत्यक घरमा स्वच्छ खानेपानी धारा वितरण गर्ने रहेको छ।  
 त्यस्तै उनले वडा भित्रका विपन्न वर्गमा पर्ने ५ जना छात्र/छात्रालाई निशुल्क रुपमा कम्प्युटर इन्जिनियर कक्षा संचालन, साइन्स, जे टि ए (१५ महिने कोर्ष) निशुल्क रुपमा संचालन गर्ने घोषणा गरेका छन्।  

 

Views: