d

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार बिदाइ गरिएको छ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगाएतको टोलीले बिदाइ गरेको हो ।

पहिलो पटक  शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको छ  

नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ । 

नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोलीकाे तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिए ।

लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।

आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा यूएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

१२ खेल खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुुछारमा छ । अमेरिका पाँचौं स्थानमा छ भने नामिविया चौथो स्थानमा रहेको छ । ७ मध्ये शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउने छन ।

Views: