d

गगन थापा भन्छन्- 'नीति तथा कार्यक्रम माथि ओलीले कुण्ठा मात्रै पोखे'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गरेका छन् ।

पालिका तह चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थनमात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिइरहन आवश्यक नभएको तर्क गरे। शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार बेहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमती पनि नभएको जिकिर गरे ।

निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाई थियो । उनले विपक्षी दलको नेताले कहाँ, कसरी बोल्ने भन्नेबारेमा हेक्का राख्नुपर्ने धारणा समेत राखे ।

महामन्त्री थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भमा नै करिव घन्टौको एउटा लामो गन्थन प्रस्तुत भईसके पछाडि मलाई केही साथीहरुले भन्नु भयो–यो गन्थनमा व्यक्त भएको प्रत्येक कुराको जवाफ दिनुपर्छ । मैले साथीहरुलाई भने–प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति व्यक्त हुन्छ । असहमती व्यक्त हुन सक्छ । तर कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केवल सहानुभूति मात्रै प्रकट हुन्छ ।’

महामन्त्री थापाले सरकारले मंसिरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरे । पालिका तहको चुनाव शानाधार ढंगले एकैपटक सम्पन्न गराएको सरकारले मंसिर भित्र संघ र प्रदेशको चुनाव गराउने उनले बताए । उनले देशमा गम्भीर ढंगले आर्थिक संकेट देखा परेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन सरकारले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउने गरी महत्वकांक्षी योजनाका साथ काम गर्नुपर्ने बताए । उज्यालो अनलाइनको सहयोगमा 

Views: