d

बार्षिक उत्सवमा अक्षयकोषबाट बिद्यार्थी पुरस्कृत, पत्रकार खड्काद्वारा एक लाखकाे अक्षयकोषकाे घाेषणा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का 
गौरादह/गौरादह नगरपालिका वडा नं -८ मा रहेकाे प्रगति माध्यमिक बिद्यालयले ६१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेकाे छ।गौरादह नगरपालिकाका नव निर्वाचित मेयर तथा कार्यक्रमका प्रमुख अतिथि छत्रपति सुवेदीले बार्षिक उत्सव कार्यक्रमकाे उद्घाटन गरेका थिए। बिद्यालय प्राङ्गणमा संचालन गरिएकाे बार्षिक उत्सव कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डिल्लीराम अधिकारीले बिद्यालयकाे बार्षिक प्रगति प्रतिबेदन तथा आयब्याय प्रतिबेदन प्रस्तुत गरेका थिए। 
बिद्यालयमा २०३५ साल देखि २०७८ साल पौष मसान्तसम्म खरिदार पदमा रही सेवा गरेका कालीदास राजवंशीलाई सम्मान पत्रका साथ दाेसल्ला ओढाई नगद सहित सम्मान गरिएकाे थियाे। बार्षिक उत्सवकाे अवसर पारेर विभिन्न दाताहरु द्वारा स्थापना गरिएकाे अक्षयकाेषबाट बिद्यार्थीहरुलाई पुरस्कृत गरिएकाे थियाे। 
स्व. बेद कुमारी उप्रेती स्मृति ट्रस्टबाट १ हजारका दरले ७ जना, अम्बिका प्रसाद बिमला देबि श्रेष्ठ काेषबाट ५ सयका दरले १५ जना, स्व.हाेमनाथ बिष्णु काफ्ले स्मृति काेषबाट १ हजारका दरले ४ जना र १५ सयका दरले २ जना, चन्द्रमाया कार्की स्मृति काेषबाट १ हजारका दरले ४ जना, १५ सयका दरले ३ जना र ३ हजारका दरले ५ जना, स्व. माेहाेन प्रसाद वाग्ले अक्षयकोषबाट १५ सयका दरले ६ जना, स्व. लक्ष्मीप्रसाद नन्दमाया र मदन कुमार मिश्र स्मृति काेषबाट १५ सयका दरले १२ जना र ३ हजारका दरले ४ जना, पुन्य प्रसाद टिकादेबि लम्साल स्मृति काेषबाट ३ हजारका दरले ७ जना, स्व.लक्ष्मीप्रसाद गंगामाया र धनमाया भेटुवाल स्मृति काेषबाट ३ हजारका दरले ३ जना र डम्बर कुमारी बुढाथोकी स्मृति ट्रस्टबाट एक जनालाई २ हजार नगदबाट       बिद्यार्थीहरु पुरस्कृत भएका थिए। 
साेही अवसरमा गत बर्षकाे बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने कक्षा १ देखि १२ सम्मका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएकाे थियाे। बार्षिक उत्सवकाे अवसरमा बिद्यालयले आयाेजना गरेकाे खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पनि पुरस्कार बितरण गरिएकाे थियाे।बिद्यालयकाे ६१ औं बार्षिक उत्सवका  अवसरमा पुर्ब सन्देश दैनिकका सम्बाददाता समेत रहेका अरुणाेदय आधारभूत बिद्यालयका प्रधानाध्यापक झगेन्द्र बहादुर खड्काले स्व. बुवा आमाकाे नाममा टेक बहादुर टुकमाया खडका स्मृति अक्षयकोष स्थापना गर्ने घाेषणा गरेका छन। 
खड्का परिवारका तर्फबाट स्थापना गरिएकाे अक्षयकोषमा राखिएकाे ब्याजबाट प्रत्येक बर्ष ४ जना उत्कृष्ट बिद्यार्थीलाई नगद पुरस्कार बितरण गर्ने जानकारी गराए।अक्षयकोषबाट कक्षा -५ मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रा र कक्षा -१२ मा उत्कृष्ट अंक ल्याउने एक छात्र एक छात्रालाई प्रमाणपत्र सहित नगद पुरस्कार  बितरण गर्ने जानकारी गराए। 
गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी, वडा नं -७ का वडाध्यक्ष बलराम खरेल, वडा नं -८ का वडाध्यक्ष गणेश राजवंशी, बिद्यालय व्यवस्थापन समिति पुर्ब अध्यक्ष अमर बहादुर बिष्ट, बिद्यालयका पुर्ब प्रधानाध्यापक मान बहादुर घिमिरे, समाजसेवी केशब पौडेल,बिद्यालय व्यवस्थापन समितिका सदस्य सुर्यभक्त सिटौला लगायतले शुभकामना मन्तब्य राखेका थिए। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष साेभाध्वज सिंह माक्राकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बिद्यालयका शिक्षक दिननाथ कडेरियाले कार्यक्रम संचालन गरेका थिए।

Views: