d

प्रदेश र संघको निर्वाचनमा जुट्न कार्यकर्तालाई अध्यक्ष लिङ्देनको निर्देशन  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र सङ्घको चुनावमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष लिङ्देनले प्रदेश र सङ्घको चुनाव सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई सचेत गराएका हुन्।   

पार्टी स्थापना दिवसको अवसरमा आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पालिका तहकाे चुनाव सकियो भनेर थकाइ मार्ने छुट पार्टीका कुनै पनि नेता कार्यकर्तालाई नरहेको पनि स्पष्ट पारे । पालिका चुनावमा आफ्नो पार्टी नयाँ शक्तिको रूपमा उदाएको सन्देश दिन सफल भएको दाबी गर्दै अध्यक्ष लिङदेनले अब प्रदेश र सङ्घको चुनावकाे परिणामलाई आफ्नो पक्षमा पार्न सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । 

 लिङ्देनले भने, ‘प्रदेश र प्रतिनिधि सभा चुनाव हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरूलाई चुनाव सकियो भनेर थकाइ मार्ने सुविधा र छुट छैन । भोलि नै चुनाव छ भन्ने ठानेर आफ्नो मेहनत बढाउन सबै नेता, कार्यकर्ता साथीहरूलाई आह्वान गर्न चाहन्छु ।’

अध्यक्ष लिङ्देनले सत्तारूढ र प्रतिपक्ष दल आबद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरू बधाईको पात्र भएको भन्दै उनीहरूको कार्यकालको सफलताको पनि शुभकामना व्यक्त गरे। file photo

Views: