d

वजेट २०७९/०८०: अमलेखगञ्ज- लोथर पेट्रोलियम पाइप लाइन विस्तार गरिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १५ जेठ । सरकारले मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने भएको छ । 


संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाराको अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाउने जानकारी दिएका हुन् । 

हाल भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन सञ्चालनमा छ । 

साथै अर्थमन्त्री शर्माले खाना पकाउने एलपी ग्यास वितरण प्रणालीमा पुनरावलोकन गरिने जानकारी दिए । 

Views: