d

गणतन्त्र दिवसको अवसर पारेर गौरादहमा प्रभातफेरी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

                                                                             झगेन्द्र खड्का 
गौरादह/झापाकाे गौरादहमा १५ औं गणतन्त्र दिवस मनाइएकाे छ। गौरादह नगरपालिका भित्र रहेका विभिन्न संघ संस्थाहरुले नागरिक प्रभात फेरि कार्यक्रम आयाेजना गरि गणतन्त्र दिवस मनाएकाे हाे। गौरादह जेसिजकाे आयाेजनामा मनाइएकाे गणतन्त्र दिवस कार्यक्रममा नगर भित्रका संघ संस्थाका पदाधिकारी ब्यानर सहित सहभागी भएका थिए। 
कार्यक्रममा गौरादह नगर प्रमुख छत्रपति सुवेदी,उप प्रमुख जलबर्षा राजवंशी, वडाध्यक्ष तथा वडा सदस्यहरु सहित शिक्षक,बिद्यालयका बिद्यार्थीहरु सहभागी भएका थिए।प्रभात फेरि कार्यक्रममा नगरपालिका भित्रका गौमाता टाेल बिकास संस्था,सुरज शिक्षा प्रतिस्ठान, मेडिम्याक्स अस्पताल, जेष्ठ नागरिक संघ, नमस्ते बचत तथा ऋण सहकारी संस्था, न्यु पब्लिक कृषि सहकारी संस्था, गौरादह नगर स्काउट, संस्थागत रुपमा सहभागी भएका थिए। 
गणतन्त्र दिवस मनाउन सहभागी भएका नागरिकहरुले गौरादहकाे डिपु चौक देखि निकालिएको र्यालीले गौरादह बजार परिक्रमा गरि  काेणसभामा परिणत भएकाे थियाे। काेण सभालाई सम्बाेधन गर्दै बाेल्ने अधिकांश बक्ताले जनताकाे बलिलानबाट प्राप्त भएकाे गणतन्त्रलाई संस्थागत गर्न आवश्यक रहेकाे बताएका थिए। 
राजतन्त्रकाे अन्त्य गरि आएकाे गणतन्त्र नेपाली जनताले गरेकाे   आन्दोलनकाे उपलब्धि भएकाे बताएका थिए। यसरी मन्तब्य राख्नेहरुमा उपमेयर जलबर्षा राजवंशी, जेष्ठ नागरिक संघ गौरादह नगर अध्यक्ष गाेपाल प्रसाद काफ्ले रहेका छन।जेसिज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष प्रकाश भट्टराईले जेसिज आस्था पाठ बाचन गरेका थिए। 
प्रभात फेरि कार्यक्रमका संयाेजक जेसि सौरभ भट्टराईले स्वागत मन्तब्य सहित कार्यक्रमकाे औंचित्य माथि प्रकाश पारेका थिए।जेसिज बर्ष २०२२ कि अध्यक्ष बिनिता कटुवालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव खड्ग थापाले कार्यक्रम संचालन गरेका थिए।

Views: