d

बजेट अनुत्तरदायी र हावादारी: एमाले 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष ०७९/०८० का लागि विनियोजन गरेको बजेट अनुत्तरदायी र हावादारी भएको टिप्पणी गरेको छ । एमाले उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलले भने, ‘यो बजेट अनुत्तरदायी र हावादारी छ ।’

उनले बजेटले सरकारको सीमालाई पनि बुझ्न नसकेको बताए । ‘हामी प्रतिनिधि सभा र प्रदेश सभाको सम्मुखमा आइसकेका छौ । यो सरकार चुनावी सरकार हो । चुनावी सरकारले लामो अवधिका योजना अघि सारेर सीमा र हैसियत बिर्सेको छ’, पौडेलले भने, ‘चुनावमा भोट बटुल्ने नियत बजेटले राखेको छ । अर्थमन्त्रीले पदीय हैसियतलाई दुरुपयोग गरेर बजेट ल्याइएको छ ।’ त्यस्तै सरकारले दीर्घकालिन महत्वका योजनाहरुलाई अघि सारेर हावादारी काम गरेको एमालेको भनाइ छ ।


‘मुलुक आर्थिक संकटको डीलमा छ यस्तो अवस्थामा आजका समस्या चिनेर केही गर्नुपर्नेमा हावादारी कुरा ल्याइएको छ’, पौडेलले भने ‘जस्तो कोशी कर्णाली नदिन जोड्ने यो विषय अहिले अघि सार्नुपर्ने काम हो रु’ उनले बजेटले ८ प्रतिशतको आर्थिक बृद्धि दरको लक्ष्य राखेपनि पुरा हुने आधार नभएको बताए । त्यस्तै  निर्धारित मुद्रा स्फिर्तिलाई सात प्रतिशत सीमामा राख्ने कुरा पनि सम्भव नभएको पौडेलको भनाइ छ । पौडेलले राजश्व संकलन बजेटअनुसार नहुने भन्दै बजेटलाई सुन्निएको संज्ञा दिए । ‘बजेट आकारका हिसावले सुन्निएको छ, विनियोजनका हिसावले हावादारी छ र चुनाव केन्द्रीत र निश्चित नेताहरुलाई लक्षित गरेर बजेट आएको छ ।’ रातो पाटी।  

Views: