d

रक्तदान गर्दा भावुक हुन्छु - अध्यक्ष लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राप्रपा अध्यक्ष लिङ्देन द्वारा ८१ औं पटक रक्तदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेका छन् । सोमबार पुरानो बानेश्वरस्थित तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका लिङ्देनले रक्तदान गरेका हुन् । 

यो उनको ८१ औं रक्तदान हो । समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले जीवनका आनन्ददायक क्षणमध्ये एक रक्तदान गर्दाका क्षण हुने गरेको बताए । ‘रगतदान गरेर कसैको जीवन बचाउने कुराले मलाई आनन्दित मात्रै बनाउँदैन भावुक पनि बनाउँछ लिङ्देनले भने ’जहाँ रक्तदान कार्यक्रम हुँदैछ भन्ने थाहा पाउँछु समय मिलेसम्म र अघिल्लो रक्तदानको अवधि पुगेमा त्यहाँ पुगेर रक्तदान गर्ने गरेको छु ।’ 


आफू संगठनको अध्यक्ष रहँदा पनि रक्तदानका धेरै कार्यक्रम गरेर आफै दान गरेको लिङ्देनले स्मरण गरे ।

Views: