d

महानगरबासीको गुनासो सुन्न कल सेन्टरको स्थापना गरिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टरको स्थापना गर्ने भएको छ।  महानगरबासीका गुनासा धेरै आउने हुनाले कल सेन्टरको स्थापना गर्न लागिएको बताइएको हो।  यसका साथै महानगरले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स समेत सञ्चालनमा ल्याउने भएको छ । 
वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले मेयर बालेन्द्र साहको प्रस्तावमा यस्तो निर्णय गरेको हो ।

सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको हो ।
कुनै पनि स्थानमा खाल्डा खुल्डी भयो भने यो एम्बुलेन्सको प्रयोग गर्दै त्यसलाई पुरिने बैठकमा मेयर साहले भने । आज साना देखिएका खाल्डा भोलि ठूलो हुने र टेन्डरको प्रकृया थाल्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि यस्तो एम्बुलेन्स प्रभावकारी हुने उनको दाबी छ ।

त्यस्तै बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन साहले बैठकमा प्रस्ताव गरेका थिए ।

सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डहरुसमेत राख्ने जनाइएको छ ।

Views: