d

चुनावमा भाेट माग्ने किसिमले बजेट ल्याइएको एमालेकाे निष्कर्ष

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेकपा एमालेले सरकारले ल्याएकाे आउँदाे आर्थिक वर्ष २०७९/८० काे बजेट चुनावमा भाेट माग्ने किसिमले आएकाे बताएकाे छ । आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा बसेकाे पार्टी संसदीय दलकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे ।   

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, देशकाे अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष निकालेको हाे । बैठकमा अध्यक्ष केपी शर्मा ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरूलाई प्रशिक्षण प्रदान गरेका थिए  । 

त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरू राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा. दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए । 

यस्तै बैठकमा अध्यक्ष ओलीले सरकारले अनुचित ढङ्गले आउँदाे आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। Image: Ujyalo online

Views: